Flag of Nepal
२०७४ बैशाख १६, शनिबार

 


भारतीय दलाली गर्न प्रचण्ड र बाबुराममा प्रतिस्पर्धा (2)

महेश्वर चामलिङ राई, उदयपुर, माघ २९- मातृका यादव नेतृत्वको नेकपा (माओबादी) का केन्द्रीय सदस्य विक्रान्त यादवले प्रधानमन्त्री बाबुराम भट्टराई र एमाओवादी अध्यक्ष प्रचण्डबीच भारतीय दलाली गर्न प्रतिस्पर्धा चलिरहेको बताएका छन्। पार्टी उदयपुर जिल्ला कार्यकर्ताको शनिबार राति सम्पन्न प्रशिक्षण कार्यक्रममा यादवले सो कुरा बताएका हुन्।

भट्टराई नेतृत्वको सरकार भारतीय दलाली गरेरै टिकिरहेको बताउँदै उनले सत्ता टिक्नुको रहस्य नै भारतको गुलामी र दलाली भएको आरोप लगाए। उनले एमाओबादी अध्यक्ष प्रचण्ड पनि भारतीय गुलामी गर्नमा कम नभएको बताउँदै अध्यक्ष र प्रधानमन्त्रीमध्ये को बढी दलाल बन्ने भन्नेमा प्रतिस्पर्धा चलिरहेको बताए।

 

'अध्यक्ष र उपाध्यक्षमध्ये कस्ले बढी भारतीय दलाल बन्न सक्ने भन्ने बारेमा ठूलो प्रतिस्पर्धा चलिरहेको छ' यादवले भने 'जसले बढी दलाली र गुलामी गर्न सक्यो उही प्रधानमन्त्री हुने भएकाले यस्तो प्रतिस्पर्धा चलेको होला।' एमाओवादी पार्टी कम्युनिज्म र जनजिविकाको लाईनभन्दा बाहिर गईसकेकाले ऊसँग कुनै सम्बन्ध नरहेको बताउँदै उनले बैद्य नेतृत्वको माओबादीसँग पनि आफ्नो पार्टीको सम्बन्ध नरहेको प्रष्ट्याए।

 

अरु कम्युनिष्ट पार्टीको दाँजोमा मातृका नेतृत्वको माओबादी आकारमा सानो भए पनि विचारले महान् भएको पनि प्रशिक्षणमा उनले बताए। 'त्यसैले यो एकदिन अवश्य ठूलो पार्टीमा रुपान्तरण हुनेछ' स्थानीय सिटीहलमा भेला भएक सानो संख्याका कार्यकर्तालाई ढाडस दिँदै उनले भने।

जिल्लास्तरीय भनिएको प्रशिक्षणमा लगभग छ दर्जन हाराहारीमात्र कार्यकर्ताको जमघट थियो। भेलाले जिल्ला समिति यथावत राख्दै निर्वाचन र क्षेत्रीय इन्चार्जहरुको हेरफेर गरेको पार्टी इन्चार्ज हिमालसिंह राईले बताएका छन्। जसअनुसार निर्वाचन क्षेत्र १ मा मुक्तिलाई इन्चार्जमा ल्याइएको छ भने सेक्रेटरी र सहसेक्रेटरीमा सज्जन र विक्रमसिंहलाई ल्याइएको छ। 

त्यस्तै २ नंवर क्षेत्रमा छत्र इन्चार्ज, शर्मिला राई सेक्रेटरी तथा प्रशान्त श्रेष्ठ सहसेक्रेटरी तोकिएका छन्। जिल्ला सुरक्षा बल इन्चार्जको जिम्मेबारी पनि विक्रम सिंहलाई नै सुम्पिएको छ। विद्यार्थी इन्चार्जको जिम्मेबारी गम्भीर राईलाई दिइएको छ भने महिला संगठन इन्चार्जमा शोभा राईलाई तोकिएको इन्चार्ज राईले आईतबार जारी गरेको विज्ञप्तीमा उल्लेछ छ।

Web Soft

जनमत

बहालवाला प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउने एमाओवादी प्रस्ताव कस्तो लाग्यो ?

ठिक - 100%
वेठिक - 0%

Total votes: 4
The voting for this poll has ended on: September 27, 2013