Flag of Nepal
२०७३ चैत्र १६, बुधबार

 


चेपाङ बालबालिकाले आश्रय पाए

१६ वैशाख, चितवन । बिचल्लीमा परेका चितवनको विकट पहाडी गाविस लोथर-४ केलुङका पाँच चेपाङ बालबालिकालाई यहाँको गामवेसीको चेपाङ केन्द्रले आश्रय दिएको छ ।

 

पूर्व-पश्चिम राजर्मागको लोथर बजारबाट ८ घण्टाको पैदल दूरीमा पुगिने केलुङ गाउँका उनीहरुलाई केन्द्रले आश्रय दिएको हो ।

चेपाङ अभिभावकहरुले ती बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्दै पूर्वी चितवनको खैरहनी उच्चमाविस्थित छात्रावासमा राखिएको भएपनि समस्या परेपछि उनीहरुलाई चेपाङ संरक्षण केन्द्रमा ल्याइएको हो ।

आर्थिक अभावका कारण तीन महिनादेखि खाने कुरा जुटाउन नसकेर अलपत्र परेका ती विद्यार्थीलाई संरक्षण केन्द्रले आश्रय दिएको र आजैबाट पठनपाठन सुरु गरिने केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिनुभयो ।

केन्द्रको आश्रयमा आएका ती विद्यार्थीलाई आवासीय सुविधासहित पठनपाठन गराउने उहाँले बताउनुभयो ।

चेपाङ सङ्घ लोथरका अध्यक्ष दीपबहादुर चेपाङले सामूहिक ज्यालादारी गरेर छोराछारी पढाउने योजनाका साथ पाँच जनालाई खैरहनी ल्याइएको भए पनि ज्याला गरेको पैसाले बिहान बेलुकाको छाक टार्न मात्र पुगेकाले छोराछारीको खर्च पुर्‍याउन नसकेको बताउनुभयो ।

उनीहरुसँगै केन्द्रमा हाल मकवानपुरको काँगडा, चितवनको लोथर, कोराक काउले, सिद्धि र शक्तिखोरका गरी ४० चेपाङ बालबालिका आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् । रासस

Web Soft

article thumbnailपृष्ठभूमि प्रत्येक व्यक्ति, समाज वा देशको संमृद्धिको लागि सूचना पहिलो शर्त हो । मानिसहरु जति धेरै सुसूचित...
article thumbnailसबभन्दा पहिले उमेद्वार चयनको प्रक्रिया थालेको एकीकृत माओवादीले भने सबभन्दा अन्तिममा मात्र...
article thumbnailसबै ठूला दलका शीर्ष नेतादेखि साना दलका छोटे नेताहरुसम्म धमाधम संविधानसभाको निर्वाचनका लागि...
article thumbnailधरान । हुन त पूर्व मिस नेपाल माल्भिका सुब्बा शुक्रबार साँझ हुने फेशन शोमा भाग लिन धरान आएकी हुन्...

जनमत

बहालवाला प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउने एमाओवादी प्रस्ताव कस्तो लाग्यो ?

ठिक - 100%
वेठिक - 0%

Total votes: 4
The voting for this poll has ended on: September 27, 2013