Flag of Nepal
२०७३ चैत्र १६, बुधबार

 


परिचय

किरात राई नेपालका आदिवासी/जनजाति मध्येका एक हुन् । देशमा संघीय गणतान्त्रिक शासन प्रणाली स्थापनाको पहल भइरहँदा किरात राई जातिबारे थप अध्ययन अनुसन्धान तथा उनीहरूको आवाजलाई सशक्त ढंगले मुखरित गर्नु जरुरी छ । यही कुरा मनन् गर्दै किरात राई पत्रकार संघ गठन गरिएको हो । किराती राई समुदायका व्यवशायिक पत्रकारहरुको साझा सँस्था हो । २०६४ सालमा जिल्ला पशासन कार्यलय काठमाडौमा दर्ता भएको संघ पत्रकार आचारसंहिताको पालना गर्दै किरात राई लगायत आदिवासी जनजातिहरूको भाषा, कला, धर्म र संस्कृतिबारे अध्ययन अनुसन्धान गरी सञ्चार माध्यमहरूमा उजागर गर्न क्रियाशील रहेको छ । संघले पत्रकारिता क्षेत्रमा लाग्ने किरात राईहरूलाई अझ संगठित गर्दै पेशागत हकहित र अधिकार स्थापनाका लागि एकताबद्ध हुदै अगाडि बढ्न जोड दिँदै आएको छ । 
यसको अतिक्तित संघले राई पत्रकारहरूको सङ्ख्या र गुणस्तरमा वृद्धि गर्ने, उनीहरूको व्यवसायिक विकासका निम्ति सशक्तीकरण गर्ने, किरात राई मातृभाषाका पत्रपत्रिका प्रकाशनका लागि पोत्साहित गर्ने जस्ता कामहरु पनि गर्दै आएको छ । संघले किरात जातिको इतिहास, भाषा, कला, धर्म, संस्कृति, संस्कारबारे अध्ययन, अनुसन्धानलाई थप बलियो बनाउँदै किराती राई भाषाहरूको प्रकाशन तथा प्रसारण गर्न सरकारी र अन्य सञ्चारमाध्यममा स्थान दिन पहल गर्ने, विद्यमान सञ्चारमाध्यममा किरात राई जातिको पहिचान दिने जस्ता गतिविधि पनि गरिरहेको छ । 
यसले आदिवासी/जनजातिजन्य सञ्चारलगायतका संघ–संस्थासित सहकार्य गर्नुका साथै आदिवासी/जनजातिहरूको हकअधिकारबारे छलफल, अन्तक्र्रिया सञ्चालन गर्ने, आदिवासी जनजातिबारे अनुसन्धानमूलक कार्य, पत्रिका, पुस्तक, पम्प्लेट आदि प्रकाशन गर्ने, किराती जातिका बारेमा सञ्चार माध्यममा समाचार विषयका रूपमा विकास गर्न पहल गर्ने र किराती राई जातिसम्बन्धी खोज, अनुसन्धान गर्ने स्वदेशी र विदेशी व्यक्तिलाई पुरस्कृत/सम्मान गर्ने जस्ता कामका लागि पनि आफ्नो पहल कदमी अघि बढाएको छ ।

Web Soft

जनमत

बहालवाला प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउने एमाओवादी प्रस्ताव कस्तो लाग्यो ?

ठिक - 100%
वेठिक - 0%

Total votes: 4
The voting for this poll has ended on: September 27, 2013