Flag of Nepal
२०७४ जेष्ठ १५, सोमबार

 


नेदरल्याण्ड- नेदरल्याण्डमा विलियम अलेक्जेण्डर नयाँ राजा घोषणा

नेदरल्याण्ड- नेदरल्याण्डमा विलियम अलेक्जेण्डर नयाँ राजा घोषणा भएका छन् ।

७५ वर्षीया रानी विट्र्क्सिले आफ्ना छोरा विलियम अलेक्जेण्डरलाई राष्ट्र प्रमुखको जिम्मेवारी दिएकी हुन् । विट्रिक्सले सन् १९८० देखि रानीको जिम्मेवारी बहन गर्दै आएकी थिइन् । उनलाई आमा जुलियानले रानी घोषणा गरेकी थिइन् । नयाँ राजा चयनको खुसियालीमा राजधानी आम्र्सटडमस्थित राजदरवारमा विशेष समारोहको आयोजना गरिएको थियो ।

समारोहमा बेलायतका राजकुमार चाल्र्स र उनकी श्रीमती कामिला, जापानका युवराज नारुहितो र युवराज्ञी मासाकासहित १८ मुलकुका शाही पाहुनाको उपस्थिति थियो । समारोहमा १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
Web Soft

जनमत

बहालवाला प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउने एमाओवादी प्रस्ताव कस्तो लाग्यो ?

ठिक - 100%
वेठिक - 0%

Total votes: 4
The voting for this poll has ended on: September 27, 2013