Flag of Nepal
२०७४ जेष्ठ १५, सोमबार

 


पत्रिकाको कार्यालय तोडफोड

८ साउन, झापा । झापाको दमकस्थित पिपुल्स टाईम्स दैनिकको कार्यालयमा गएराति तोडफोड भएको छ । अज्ञात ४ जनाको संख्यामा आएको समूहले राति साढे ११ बजे दमक-१० स्थित कार्यालयमा तोडफोड गरी क्षति पुर्‍याएको छ ।

मादक पदार्थ सेवन गरी आएका युवाहरुहरुले ढुंगामुडा गरि पत्रिकाको कार्यालयको अगाडीपट्टीको सिसा फुटादिएका छन् । कार्यालय अगाडी सवारी साधन रोकिराखेपनि कार्यालयमै ढुंगामुडा हुनुले उनीहरु पत्रिकाकै कार्यालयमा तोडफोड गर्न आएको पिपुल्स टाईम्स् दैनिकका समाचार संयोजक बिष्णु सुब्बाले जानकारी दिनुभयो । कार्यालयमा तोडफोड हुनुको कारण थाहा हुन नसकेको तथा ढुंगामुडा गर्नेहरुको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक राजन अधिकारीले जानकारी दिनु भयो ।

यसैबीच पत्रिकाको कार्यालयमा अज्ञात समूहले गरेको तोडफोडको नेपाल पत्रकार महासंघ झापा शाखा र पत्रकार मञ्च दमकले निन्दा गरेको छ । महासंघ झापा अध्यक्ष गणेश पोखरेलले पत्रिकाको कार्यालयमा आधारातमा भएको ढुंगामुडा प्रेस स्वतन्त्रतामाथीको गंभीर आक्रमणको शंज्ञा दिनुभयो । उहाले तोडफोडमा संलग्नलाई तत्काल पक्राउ गरि कार्बाहीको माग पनि गर्नु भयो । यस्तै पत्रकार मञ्च दमकले पनि सुनियोजित रुपमा पत्रिकाको कार्यालयमा तोडफोड भएको भन्दै दोषि कार्बाहीको माग गरेको छ ।

Web Soft

article thumbnailपृष्ठभूमि प्रत्येक व्यक्ति, समाज वा देशको संमृद्धिको लागि सूचना पहिलो शर्त हो । मानिसहरु जति धेरै सुसूचित...
article thumbnailसबभन्दा पहिले उमेद्वार चयनको प्रक्रिया थालेको एकीकृत माओवादीले भने सबभन्दा अन्तिममा मात्र...
article thumbnailसबै ठूला दलका शीर्ष नेतादेखि साना दलका छोटे नेताहरुसम्म धमाधम संविधानसभाको निर्वाचनका लागि...
article thumbnailधरान । हुन त पूर्व मिस नेपाल माल्भिका सुब्बा शुक्रबार साँझ हुने फेशन शोमा भाग लिन धरान आएकी हुन्...

जनमत

बहालवाला प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउने एमाओवादी प्रस्ताव कस्तो लाग्यो ?

ठिक - 100%
वेठिक - 0%

Total votes: 4
The voting for this poll has ended on: September 27, 2013