Flag of Nepal
२०७३ चैत्र १६, बुधबार

 


राई पत्रकार संघ सुनसरीमा सन्देशको नेतृत्व

श्रीशीशा राई÷धरान
धरान, भदौ १९ गते । किरात राई पत्रकार संघ सुनसरीको बुधबार धरानमा सम्पन्न तेस्रो सम्मेलनले रेडियो जनसन्देश सम्बद्ध पत्रकार सन्देश बान्तावा राईको नेतृत्वमा तेह्र सदस्यिय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा सौर्य दैनिकका सरिता पुमा राई, सचिवमा दन्तकाली एफ एमका मिलन राई, सहसचिवमा विएसी न्युज साप्ताहिकका विजय राई र कोषाध्यक्षमा फाष्ट टाइम्स दैनिकका सन्जु राई रहनुभएको छ । सदस्यहरुमा विजयपुर एफ एमका सुम्निमा चाम्लिङ र नुनुता राई, सम्पदा आँचल साप्ताहिककी सुप्रिया राई, परिक्रमा साप्ताहिकका विश्व राई र बुङवाखा मासिकका राजन इशारा राई चयन हुनुभएको छ । ३ जना सदस्य आगामी वैठकवाट थप गरिने नवनिर्वाचित अध्यक्ष सन्देश बान्तावाले जानकारी दिनुभयो ।
संघका केन्द्रिय उपाध्यक्ष श्रीशीशा राईको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा किरात राई यायोक्खा सुनसरीका सचिव बलराम राई, बराह ज्वेलरी इण्डष्ट्रिजका प्रबन्धक मानबहादुर दियाली, सुनसरी उद्योग वाणिज्य संघका सदस्य उपेन्द्र चाम्लिङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Web Soft

article thumbnailपृष्ठभूमि प्रत्येक व्यक्ति, समाज वा देशको संमृद्धिको लागि सूचना पहिलो शर्त हो । मानिसहरु जति धेरै सुसूचित...
article thumbnailसबभन्दा पहिले उमेद्वार चयनको प्रक्रिया थालेको एकीकृत माओवादीले भने सबभन्दा अन्तिममा मात्र...
article thumbnailसबै ठूला दलका शीर्ष नेतादेखि साना दलका छोटे नेताहरुसम्म धमाधम संविधानसभाको निर्वाचनका लागि...
article thumbnailधरान । हुन त पूर्व मिस नेपाल माल्भिका सुब्बा शुक्रबार साँझ हुने फेशन शोमा भाग लिन धरान आएकी हुन्...

जनमत

बहालवाला प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउने एमाओवादी प्रस्ताव कस्तो लाग्यो ?

ठिक - 100%
वेठिक - 0%

Total votes: 4
The voting for this poll has ended on: September 27, 2013