Flag of Nepal
२०७४ जेष्ठ १५, सोमबार

 


कांग्रेसमा दुई कोईलाबीचको किचलो झन चर्किदै!

 

 

 

काठमाडौ । आफूलाई सबैभन्दा बढि प्रजातान्त्रिक पार्टी भन्ने नेपाली कांग्रेस कोइराला खानदानको पुस्त्यौनी अशं झैँ सञ्चालिन भइरहेकोमा कसैको विमति नहोला । मात्रिका, विपि, गिरिजा हुँदै शुशिल कोइरालासम्म आईपुग्दा

कांग्रेसको मुख्य नेतृत्व उत्तर कोरियाको कम्युनिष्ट पार्टीकै शैलीमा चलिरहेको सबैसामु छर्लङ्ग छ । किम जोङ इलले स्थापना गरेको उत्तर कोरियामा शासन कम्युनिष्टपार्टीले गर्ने भनिए पनि नेतृत्व भने राजतन्त्रमा राजको छोरालाई उत्तराधिकारी घोषणा गरिए झैँ उनैको सन्तान उत्तराधिकारी हुँदै आएका छन् । कांग्रेसमा ६ दशकभन्दा लामो ग्रेसमा पनि त्यहि प्रथा कायम छ । फरक यति छ कि उनीहरु आफ्नो छोरालाई नभइ कुल मिल्ने दाजुभाईलाई पार्टीको सत्ता हस्तान्तरणगर्छन् ।

      यहि प्रथालाई निरन्तरता दिने क्रममा अबको उत्तराधिकारी को हुने भन्नेमा कांग्रेसभित्र किचलो शुरु भएको छ । अहिले विपि पुत्र शाशंक र जिपि (गिरिजाप्रसाद)का पुत्री सुजाताबीचको किचालोले चर्को रुप लिएको छ । क्षमता भनए पनि गिरिजाले काखी च्यापेकै आधारमा सुजताले अन्य कोइरालाहरुलाई छायाँमा पार्दै अघि बढेपछि अहिले सुजातालाई साइड लगाउन सबै कोइरालाहरु एकढिक्क भएको बताईएको छ ।

      यसको नेतृत्व भने विपी पुत्र शाशंकले गरेका छन् । उनलाई शेखर कोइराला र नातेदार आमोदप्रसाद उपाध्ययको दह्रिलो साथ रहेको छ । उनीहरुकै मिलेमतोमा सुजतालाई यस पटक मोरङबाट उमेद्वारको रुपमा सिफारिस नगरिएपछि जिपि पुत्रीको रिसको पारोले सगरमाथा चढ्दै गरेको जानकारी प्राप्त भएको छ । सुजातालाई उम्मेदवारी सिफारिशबाटै साइड लगाउनुमा विशेष भूमिका भने शेखर कोइरालाको रह्यो । शेखरले यो खेल कोइराला परिवारकै सदस्यहरुको सहयोगबाट खेले । अहिले सुजाता स्वयं हाकाहाकी भन्छिन्, ‘मलाई उम्मेदवार सिफारिस रोक्ने त्यो आमोद को हो ? त्यसको के हैसियत ?’ तर, आमोदले पनि यसपाली हैसियत मजाले देखाइदिए ।

      सुजाता गिरिजाकै निर्वाचन क्षेत्र मोरङ १ वा ५ मा खडा हुने पक्षमा थिइन । तर, सुजातालाई यसपाली मजा चखाएरै छाड्ने पक्षमा थिए, नोना कोइरालाका पुत्र शेखर र नोनाकै बैनी ज्वाईं आमोद उपाध्याय । यसपाली शेखर र आमोदको समीकरणले सुजातालाई एक्ल्एन मात्र कि सुजाता मोरङको मात्र हैन, समग्र राजनीतिबाटै पाखा पर्ने सम्भावना बढेको छ । शेखर र सुजातको गृहकलह भने पुरानै हो । यसको लामो र रोचक कहानी छ । काग्रेसमा अलिखित कहानी बनेको यो प्रसंगका अनुसार गिरिजाप्रसाद कोइराला र नोना कोइराला तन्नेरी उमेरदेखी नै निकै घनिष्ठ मित्र थिए । दुवैवीचभावनात्मक सम्बन्ध थियो । कालान्तरमा नोनाका पति केशब कोइराला संघर्षका क्रममा शहीद भए । त्यस्तै गिरिजाकी पत्नी सुष्मा कोइरालाको दुर्घटनामा निधनभयो । त्यसपछि गिरिजा आफनी भाउजु नोनाकै निवासमा बस्न थाले । देवर भाउजुको त्यो अगाध स्नेह र प्रेम बास्तवमै चर्चा योग्य थियो । त्यसरी गिरिजावावु अर्थात सानुबुबा आफनै निवासमा बसेपछि स्वाभाविक रुपमा नोनाका पुत्र शेखर कोइराला गिरिजावावुस“ग अली बढी निकट भए । सुजाता अली कलीलै, का“चै र राजनीतिक बौद्धिकता र चातुर्य नभएकाले गिरिजावावुले शेखरमै आफनो उत्तराधिकारी देख्नु अस्वाभाविक पनि थिएन । तर त्यही कुरा मन परिरहेको थिएन, सुजातालाई ।

  सुजाताले बीच–बीचमा गिरिजावावुलाई नोना निवासबाट फुत्काएर आफुस“गल्याउने कोसिश नगरेकी होइनन् । तर, पुत्रीको समेत केहि चलेन, देवर–भाउजुको बिराट प्रेमका सामु । गिरिजा भाउजु नोना बाचुञ्जेल उनकै साथमा बसे । शेखरप्रति गिरिजालेदेखाएको सम्मानप्रति इष्र्या गर्दै सुजाता आफ्ना कार्यकर्तास“ग ‘यो सबै नोनाले भड्काएर भएको’ गुणासा गर्थिन् । कांग्रेसी नेताहरुका अनुसार पहिलो पटक का“ग्रेस केन्द्रीय सदस्यमा उठ्न नपाउ“दा सुजाताले नोनालाई पोखरामा हाकाहाकी गाली गरेकी थिईन् । आफनै अगाडी आफ्नी आमालाई सुजाताले अनेक आरोप लगाएको चुपचाप सहन बाध्य थिए, शेखर । नोनाका निधनपछि संयोग कस्तो भयो भने गिरिजा पनि बिरामी पर्न थाले । त्यही मौकामा सुजाताले जिवनको उत्तरार्धमा गिरीजालाई आफनो निवासमा ल्याईन् ।

   त्यसबेला गिरिजा सुजाताले जेजे भनिन्, त्यहीत्यही मान्न थाले । अवै धानिक रुपमा अर्को एक छोरा पनि रहेका गिरिजा वैधाकि रुपमा एक मात्र सन्तानको रुपमा रहेको आफ्नो छोरिलाई राजनीतिमा अघि बढाउन लागि परे । त्यहि बेला गिरिजामाथि सार्वजानिक प्रश्न पनि उठेको थियो । मुलुकमा गणतन्त्र स्थापनापछि समावेशीकणको मुद्दाले आकार लिन थाल्यो । महिला, उत्पीडीत र दलीतलाई राज्यको मुलप्रवाहमा ल्याउनुपर्छ भन्ने अवाज जोडतोडले उठ्न थाल्यो । त्यहि बेला गिरिजाल ‘अब देशमा महिला प्रधानमनन्त्री पनि हुनुपर्छ । त्यसका लागि पनि हामीलेसोच्ने बेला आएको छ ।’ भन्दै भाषण पनि गरे । जीवनको अन्तिम अवस्थातिरै किन नहोस बाबुको महत्वपूर्ण सहयोग पाईरहेकी सुजाताले यहि भावलाई पक्रँदै त्यस्तो सम्भवना आफूमा रहेको प्रचार गर्न थालिन् । बाबुको भनाईको अर्थ आफूप्रति नै समर्पित रहेको विश्लेषणसहित उनले कांग्रेसमा ठूलै हैसियतमा रवाफ देखाउन थालिन् । तर संविधानसभाको निर्वाचनमा उपेन्द्र यादवसँग लड्दा तेस्रो स्थानमा चित्त बुझाउनुपरेपछि उनको फुर्ति सेलाउन थाल्यो । यता आफ्नो जीवनकालमै छोरीलाई आकर्शक सुरक्षित स्थान बनाईदिन नसकेका गिरिजाको मृत्युपछि सुजताको राजनीतिले झनै अह्रालो गति लियो । कांग्रेसको केन्द्रीय समिति बैठकमा डा. रामशरण महतसँग नराम्रो भनाभनमा समेत ओर्लिका सुजतालाई महतले ‘पधेर्नी’ को संज्ञासमेत दिए ।

   पिता बाचु“जेल एक्लै हाली मुहाली गर्दै आएकी सुजातालाई एकातिर काग्रेस कार्यकर्ताले पनि साथ दिन छाडे ।यसबीचमा गिरिजाले शेखरलाई रक्षामन्त्री बनाउन खोजेका थिए । जुन योजनालाई सुजाताले नै तुहाइन् । यहि रीस साँध्न अहिले शेखरले सुजतालाई आफ्नो निर्वाचन क्षेत्रबाटै सिफारिसमा नपारेका हुन् । पहिले बाबुको आडमा लडिरहेकी सुजता र आमाको आडमा अघि बढेको आरोप खेपेका शेखर अहिले आमनेसामने आफ्नै बलबुतामा एकअर्का विरुद्ध भएका छन् । किचलो बढ्दै गएर पारिवारदेखि नातेदारसम्म पुगेको बताईएको छ । कांग्रेसभित्र अहिले दुई कोइरालाको द्धन्द्ध कहाँ पुगेर रोकिने हो वा निरन्तर जारी हुने भन्ने चासोको विषय बनेको छ ।

 

 

 

Web Soft

जनमत

बहालवाला प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउने एमाओवादी प्रस्ताव कस्तो लाग्यो ?

ठिक - 100%
वेठिक - 0%

Total votes: 4
The voting for this poll has ended on: September 27, 2013