Flag of Nepal
२०७४ जेष्ठ १५, सोमबार

 


सुन्तलाको बजार प्रवद्र्धन गर्न सुन्तला महोत्सव

श्रीशीशा राई
धरान, भदौ २६ गते । सुन्तलाको बजार प्रवद्र्धन गर्ने मुल उद्धेश्यका साथ भोजपुरमा सुन्तला महोत्सव २०७० आयोजना गरिने भएको छ ।
छिनामखु सरोकार समाजको आयोजनामा आगामी माघ १ देखि ३ सम्म जिल्लाको तिम्मा गाविस वडा नं. ९ स्थित किरातेश्वर पशुपतिनाथ परिसरमा महोत्सव सम्पन्न हुनेछ । यो क्षेत्र भोजपुर जिल्लाकै धेरै सुन्तला उत्पादन हुने क्षेत्र हो । जिल्लामा सुन्तलाको सघन उत्पादन हुने अन्य गाविसहरु छिनामखु, गुप्तेश्वर, सिद्धेश्वर, सिद्धेश्वर, अन्नपुर्ण, नागी र खावाको सिमामा यो गाविस पर्दछ ।
महोत्सव सम्बन्धि जानकारी दिन धरानमा बुधबार आयोजित पत्रकार सम्मेलनमा स्थानिय उत्पादन सुन्तला तथा अन्य सम्भाव्य खेतीको प्रचारप्रसार र विस्तारमा सहयोग पुर्याउन महोत्सव गर्न लागिएको हो । महोत्सव संयोजक पुरुषोत्तम राईका अनुसार महोत्सवमा सुन्तला कृषक, व्यापारी, उद्योगपति, प्राविधिक र विज्ञहरुसँग छलफल र अन्तक्र्रिया गरिनेछ । सुन्तलावाट उत्पादन हुन सक्ने उपभोग्य तथा खाद्य वस्तुहरुबारे जानकारी दिने, आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र सुन्तलाको बजार विस्तार गर्दै व्यवसायिक विकासमा टेवा दिने कार्यक्रमका थप उद्धेश्य रहेका छन् ।
आयोजक छिनामखु सरोकार समाजका महासचिव दिवस कोयुका अनुसार भोजपुर दक्षिण एशियामै गुणस्तरिय सुन्तला उत्पादन हुने एकमात्र क्षेत्र हो । तर उचित बजार प्रवद्र्धन र प्रचारप्रसार नहुँदा उत्पादनको विशिष्टताबारे कमैलाई थाहा छ । भोजपुर जिल्लाका ६३ गाविसमध्ये अधिकाँश गाविसमा पोन्कन मन्डारिन जातको सुन्तला खेती गरिँदै आएको छ । उन्नत जातको मानिने यो सुन्तला दक्षिणपुर्वी एशियावाट विकसित हुँदै बसाईसराईसँगै भोजपुरसम्म आईपुगेको तथ्य रहेको राईले बताउनुभयो ।
महोत्सवमा जिल्ला बाहिरवाट समेत गरी कम्तिमा एक लाखको सहभागीता गराउने लक्ष्य लिइएको आयोजकले जनाएको छ । महोत्सवका लागि स्थलसम्म पुग्ने यातायात र होमस्टेको व्यवस्था गरिने छ । सुन्तला खेती सम्बन्धि वृत्तचित्र प्रदर्शनी, उत्पादनहरुको प्रदर्शनी, उपभोग्य परिकारको प्रतियोगीता लगायत पनि कार्यक्रममा समावेश गरिएको आयोजकले जनाएको छ ।
तस्विर ः गुगल

 

Web Soft

article thumbnailपृष्ठभूमि प्रत्येक व्यक्ति, समाज वा देशको संमृद्धिको लागि सूचना पहिलो शर्त हो । मानिसहरु जति धेरै सुसूचित...
article thumbnailसबभन्दा पहिले उमेद्वार चयनको प्रक्रिया थालेको एकीकृत माओवादीले भने सबभन्दा अन्तिममा मात्र...
article thumbnailसबै ठूला दलका शीर्ष नेतादेखि साना दलका छोटे नेताहरुसम्म धमाधम संविधानसभाको निर्वाचनका लागि...
article thumbnailधरान । हुन त पूर्व मिस नेपाल माल्भिका सुब्बा शुक्रबार साँझ हुने फेशन शोमा भाग लिन धरान आएकी हुन्...

जनमत

बहालवाला प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउने एमाओवादी प्रस्ताव कस्तो लाग्यो ?

ठिक - 100%
वेठिक - 0%

Total votes: 4
The voting for this poll has ended on: September 27, 2013