Flag of Nepal
२०७३ चैत्र १६, बुधबार

 


धरानेलाई जगाउँदै माल्भिका

धरान । हुन त पूर्व मिस नेपाल माल्भिका सुब्बा शुक्रबार साँझ हुने फेशन शोमा भाग लिन धरान आएकी हुन् । तर धरान पुगेपछि उनी त्यतिमा मात्र सिमित रहिरहन सकिनन् । सेलेब्रिटी भएपछि थुप्रै संघसंस्थाको नजरमा पर्ने र व्यस्त रहनुपर्ने दिनचर्या उनले पनि भोग्नुपर्यो । शुक्रबार दिनभर उनले धरानवासीलाई चेतना जगाउनमा विताइन् ।

धरानमा भदौ महिनाको १३ गतेदेखि प्लाष्टिक झोला निषेध गरिएको छ । प्लाष्टिक झोलाको विकल्पमा ग्रीनव्हिलर्स नामक संस्थाले हाम्री बहिनी नामक झोला उत्पादन शुरु गरेको छ । त्यही झोलाको बजार प्रवद्र्धनका लागि धरानका युवा तथा महिला संघसंस्थाहरुसँग छलफल गरिन् । प्लाष्टिक झोला प्रयोगको वातावरणमा असरबारे चेतनामुलक मन्तव्य राखिन् ।

यसैगरी गत भदौदेखि सञ्चालनमा आएको माउण्टेन बाइक शोरुम ग्रीनव्हिल्स पुगिन् । शो रुमको अवलोकन गरिन् र साइक्लिष्टहरुसँग प्लाष्टिक झोलालाई पुर्णरुपमा निषेध गर्न र विकल्प अपनाउन साइक्लिष्टहरुले के कसरी चेतनामुलक अभियान सञ्चालन गर्न सक्छन् भन्ने बारे छलफल गरिन् । छलफल पछि उनले ग्रीनव्हिलर्स शो रुममा उपलब्ध हुने कमेन्सल गलि बाइकमा चढेर धरानको मुख्यबजार भानुचौक घुमिन् ।

ग्रीनव्हिल्सका बजार प्रबन्धक कृष्ण केसीले विगतमा साइक्लिष्टहरुले गरेका विभिन्न समाजिक काम र ग्रामीण पर्यटन प्रवद्र्धन अभियान बारे जानकारी गराएका थिए । पुर्व मिस नेपालसँग साइकल पर्यटन, वातावरण संरक्षण लगायत धेरै विषयमा गरेको कुराकानीवाट आफु उत्साहित भएको र थप जिम्मेवारी महशुस भएको केसीले बताए ।

Web Soft

जनमत

बहालवाला प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउने एमाओवादी प्रस्ताव कस्तो लाग्यो ?

ठिक - 100%
वेठिक - 0%

Total votes: 4
The voting for this poll has ended on: September 27, 2013