Flag of Nepal
२०७३ चैत्र १६, बुधबार

 


चुनावको चहल पहल: बग्ला त रगतको खोला ?

सबै ठूला दलका शीर्ष नेतादेखि साना दलका छोटे नेताहरुसम्म धमाधम संविधानसभाको निर्वाचनका लागि उमेद्वार छनौट गर्ने काममा व्यस्तछन् । तर एमाओवादीका शीर्ष नेता मध्यका एक नारायणकाजी श्रेष्ठ भने नहुने चुनावको लागि के को उमेद्वारी भन्दै चुपचाप वैद्य माओवादीलाई चुनावमा ल्याउन पहल गरिरहेका छन् । पार्टीका सबै शीर्ष ताहरुले आफ्नो निर्वाचन क्षेत्र छनौट गरेर प्रचार प्रसार शुरु गरिरहँदा पनि उनी भने बैद्यको सहभागिता विना चुनाव भए रगतको खोलो बग्ने सम्भावना रहेको र त्यही बहानामा चुनाव सर्ने भन्दै अध्यक्ष पुष्पकमल दाहाललाई समेत चिढ्याउनेगरी वैद्य माओवादीलाई फकाउन व्यस्त छन् ।

      स्रोतका अनुसार यसै प्रयोजनको लागि उनले हरिसिद्धिस्थित आफ्नो निवासमा वैद्य माओवादीको ठनबन्धनमा सहभागी दल तथा कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुबीच तीन चरणनको छलफल गरिसकेका छन् । पहिले विधानसभामार्फत संविधान निर्माण गनर््े प्रक्रियाकै विरोधमा रहेको वैद्य समूहले पछिल्लो पटक अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सवोर्च्च अदालतको प्रधानन्यायधिश पद त्यागे चुनावमा भाग लिने बताएपछि श्रेष्ठले त्यसको पहल गरिरहेको बुझिएको छ ।

पार्टी अध्यक्षले भारतसँगको सम्बन्धमा देखाएको अनावश्यक लचकताको विरोध गर्दै आएको श्रेष्ठले केहि समयअघि उक अनलाईन खवरलाई अन्तरवार्ता दिँदै वैद्य चुनावमा सहभागी नभएमा रगतको खोलो बग्ने र त्यसको जिम्मेवारी खिलराज रेग्मीले लिनुपर्ने गम्भिर टिप्पणी गरेका थिए । उनले दलका शीर्ष नेताहरुले गम्भिरतापूर्वक अनुरोध गरे रेग्मीले राजिनामा दिने दावी गर्दै दलका नेताहरुबाट यस्तो पहल नभएको धारणा व्यक्त गरेका छन् ।

यता थुप्रै विश्लेषकहरु भने चुनावमा भागलिने वैद्यको भनाई मात्र रणनीतिक चालबाजी भएको टिप्पणी गरिरहेका छन् । चुनाव गराएरै छाड्ने वातावरण बन्दै गएपछि ह्वारह्वार्ती आफनो साथ छाडेर मूल पार्टीमा फर्किरहेका कार्यकर्ता रोक्न र सार्वजानिक रुपमा आफूलाई दलहरुले हेपेर चुनावी प्रक्रियाको विरोधमा जानुपरेको देखाउन उसले अहिले चुनावमा भाग लिने कुरा गरेको कतिपयको विश्लेषण छ । आफूलाई बहाना बनाएर चुनाव चैतमा सरेमा उसले संविधानको अन्तरवास्तुबारे बखेडा झिकेर त्यसबेला पनि चुनाव नहुने वातावरण बनाउने र राजनीतिक कोर्ष नै अर्कोतर्फ मोड्ने रणनीति बनाइरहेको बताईन्छ ।

यता कुनै न कुनै रुपमा उनको मागलाई सम्बोधन गर्ने वातावरण नबनेमा भने झडपमै जाने योजना बनाऊँदै उसले चुनावको उत्कर्सको बेला कात्तिक २५ देखि मंसिर ६ गतेसम्म आम हड्तालको कार्यक्रम घोषणा गरेको छ । यसले चुनावी वातावरणमा केही सरगर्मी बढाए पनि कार्यकर्ता विहिन बन्दै गएको वैद्यले श्रेष्ठले दावी गरेजस्तो रगतको खोलो बगाउने सम्भाना भने त्यति धेरैनभएको बताईन्छ ।

यस्ता पनि उमेद्वार

चुनाव होस या नहोस निर्वाचन अयोग र चुनावम सहभागी हुने दलहरुले उमेद्वारीको सूचिलाई अन्तिम रुप दिइसकेका छन् । एकाध स्थानमा बाहेक सबै दलले प्रत्यक्ष र समानुपातिकमा चुनाव लड्ने नेताहरुको सूचि तयार पारिसकेका छन् । दलहरुले सिफारिस गरेका उमेद्वारहरु भ्याटछलीमा संलग्न व्यापारीदेखि ज्यान मुद्दा खेपीरहे

का अभियुक्तसम्म, पप गायकदेखि अधिकारकर्मीसम्म रहेका छन् । आफ्नो सार्वजानिक छविलाई उपयोग गर्दै पार्टीले भोट संकलन गर्ने नीति बनाएपछि कतिपय उमेद्वारले भने सिफारिस हुने बित्तिकै उमेद्वारी फिर्ता लिएकाछन् ।

एमालले समानुपातिकमा सिफारिस गरेका चर्चित चेली चरिमाया तामाडले शुरुमै उमेद्वारी अस्वीकृत गरेकी छिन् । मानव तस्करी विरुद्धमा लागेर राष्टिय तथा अन्तर्राष्टिय ख्याती कमाएकी तामाडले आफ्नो नाम सिन्धुपाल्चोक क्षेत्र नं. ३ बाट सिफारिसमा परेको थाहा पाएपछि अस्वीकार गरेकी हुन् । उमेद्वार घोषणामा सबभन्दाअघि कमल थापाको राप्रपा नेपाल सबभन्दाअघि देखापरेको छ । प्रत्यक्षतर्फको १ सय ४० स्थानमै उमेद्वार उाठाउने घोषणा गरेको

थापाले पूर्वी पहाडमा चरामुसासमेत आफ्नो पक्षमा नभेटेपछि १ सय ९६ स्थानमा मात्र उमेद्वार घोषणा गरेको छ । राजनीतिमा लागेका उमेद्वार नपाएपछि उसले गायक गायिका कलाकारलाई पनि उठाएका छन् । जसमा पप गायक सञ्जय श्रेष्ठदेखि मिरा राणासम्मले स्थान बनाएका छन् । मकवानपुर २ र काठमाडौ ५ गरेर दुई ठाऊँबाट उमेद्वारी घोषणा गर्ने तयारीमा रहेको अध्यक्ष थापा भने हार्ने निश्चित भएपछि सुटुक्क समानुपातिकमा घुस्ने तयारी गरिरहेको स्रोतले बताएको छ ।

यता नेपाली कांग्रेसले समानुपातिकमा सिफारिस गरेका विराटनगरका उद्योगी महेश जाजू भने भ्याटछलिमा संलग्न विवादास्पत व्यापार ी हुन् । जिल्ला प्रशासन कार्यालय सुनसरी, गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगर, पूर्वाञ्चल राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरी र ठूला करदाता सेवा कार्यालय काठमाण्डौमा विभिन्न खालका मु्धा परिरहेकै अवस्थामा उनलाई नेपाली काग्रेसले समानुपातिक कोटामा सभासदका लागि सिफारिस गरेको हो ।

ठगी, मिसावट, अखाद्य वस्तुको उत्पादन र बजारमा बिक्रि र १० करोड भन्दा बढी भ्याट छलीको विभिन्न मुद्दा खेपिरहेका उद्योगी जाजूलाई कांगे्रसले सभासदका लागि सिफारिस गरि एपछि गुपचुप रुपमै भए पनि सुरु भएको उनीमाथिको कारबाही प्रक्रिया सुस्त हुने देखिएको छ ।

बागी उमेद्वारका लागि करोडौँ सबभन्दा पहिले उमेद्वार चयनको प्रक्रिया थालेको एकीकृत माओवादीले भने सबभन्दा अन्तिममा मात्र उमेद्वार छनौट सक्ने देखिएको छ । स्रोतका अनुसार आफ्नो आधिकारिक उमेद्वारको विरुद्ध वागी उमेद्वार उठाऊन विभिन्न एनजिओले करोडौँ खर्च गर्ने सूचना प्राप्त गरेपछि एमाओवादीका नेताहरु रन्थनिएका

छन् । शनिबारसम्म कांग्रेस र एमालेले सबै क्षेत्रका उमद्वार छनौट गरिसकेका छन् । तर विवादरहित बनाउनभन्दै एमाओवादीले अन्तिम नामावली सार्वजानिक गर्न ढिलाई गरिरहेको बुझिएको छ ।

केहि दिनअघि पार्टी मुख्यालय पेरिशडाँडामा अध्यक्ष पुष्पकमल दाहालले यस्तो योजना भइरहेको बताएपछि कार्यकर्तामा यसबारे चर्चा शुरु भएको छ । यसको छनक सुदुरपश्चिमबाट शुरु भइसकेको छ । त्यहाँ पार्टीको आधिकारिक उमेद्वार अगस्त अधिकारी, देवेन्द्र शाह, डिएल भण्डारीलगायतका नेताहरुको अगुवाईमा जिल्लाको

सबै क्षेत्रमा बागी उमेद्वार उठाउने पहल गरिरहेको बुझिएको छ । गत संविधानसभा निर्वाचनमा देशभर निर्विवाद उमेद्वार छनौट गरेका एमाओवादीमा यसपटक कांग्रेस र एमालेको झैँ बागी उमेद्वार निस्कने वा पार्टीभित्र अन्तरघात हुने सम्भावना देखिएको छ ।

त्यहाँ भर्खरै नेकपा–माओवादीमा रहेका तीन जना केन्द्रीय सदस्य पुरानो पार्टीमा फर्किपछि बलियो देखिएको एमाओवादीमा अहिले वागी उमेद्वारको हल्लाले खैलाबैला मच्याएको छ । 

 

Web Soft

जनमत

बहालवाला प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउने एमाओवादी प्रस्ताव कस्तो लाग्यो ?

ठिक - 100%
वेठिक - 0%

Total votes: 4
The voting for this poll has ended on: September 27, 2013