Flag of Nepal
२०७४ जेष्ठ १५, सोमबार

 


समाजवादीका शीर्ष समानुपातिकमा

अघिल्लो संविधानसभाको निर्वाचनपछि जन्मिएको संघीय समाजवादी पार्टीका शीर्ष नेता भने प्रत्यक्षतर्फ उमेद्वार

ी नदिने मोडमा पुगेका छन् । चुनाव भएर संविधानसभा गठन भइहालेमा पार्टीले उठाउँदै आएको मुद्दा स्थापित गर्न र पार्टीलाई राष्टिय रुपमा स्थापित गर्न पनि शीर्ष नेताहरु संविधानसभामा जानै पर्ने निष्कर्श निकाल्दै उसले प्रत्यक्ष चुनाव जित्ने सुनिश्चित नभएमा अध्यक्ष अशोक राई, महासचिव राजेन्द्र श्रेष्ठलगायतक शीर्ष नेताहरुलाई चुनावमा नलडाउने नीति बनाईएको एक केन्द्रीय सदस्यले जानकारी दिनुभएको छ ।

जिल्लाबाट भने अध्यक्ष अशोक राईलाई पाँच स्थानबाट सिफारिस आएको छ । उनलाई खोटाड १, संखुवासभा २, उदयपुर १, मोरड २, सुनसरी र इलामबाट प्रत्यक्षका लागि सिफारिस गरिएको छ । विशेषत तात्कालिन नेकपा –एमाले) पहिचानसहितको संघीयतामा सहमत नभएपछि त्यहाँभित्रका आदिवासी जनजाति समुदायबाट प्रतिनिधित्व गर्ने नेताहरुको अगुवाईमा स्थापित पार्टीले छोटो अवधिमै ६२ जिल्लामा संगठन विस्तार गरेको छ ।

भदौ अन्तिम सातासम्म निर्वाचन प्रक्रियाको विरोध गर्दै चुनावी तयारीमा खास ध्यान नदिएको पार्टीले प्रत्यक्षतर्फ २ सय ४० वटै स्थानमा तथा समानुपातिकमा पनि पूरै सीटका लागि उमेद्वारी दिने भएको छ । महासचिव राजेन्द्र श्रेष्ठका अनुसार संगठन निर्माण हुन बाँकी रहेको जिल्लामा पनि १५ गतेभित्र समिति गठन गरिने छ ।

दुई महिनाअघिसम्म ५५ वटा जिल्लामा मात्र समिति घोषणा गरेको पार्टीले अहिले दैनिक दुई वटा जिल्ला समिति घोषणा गरिरहेकोछ ।

Web Soft

article thumbnailपृष्ठभूमि प्रत्येक व्यक्ति, समाज वा देशको संमृद्धिको लागि सूचना पहिलो शर्त हो । मानिसहरु जति धेरै सुसूचित...
article thumbnailसबभन्दा पहिले उमेद्वार चयनको प्रक्रिया थालेको एकीकृत माओवादीले भने सबभन्दा अन्तिममा मात्र...
article thumbnailसबै ठूला दलका शीर्ष नेतादेखि साना दलका छोटे नेताहरुसम्म धमाधम संविधानसभाको निर्वाचनका लागि...
article thumbnailधरान । हुन त पूर्व मिस नेपाल माल्भिका सुब्बा शुक्रबार साँझ हुने फेशन शोमा भाग लिन धरान आएकी हुन्...

जनमत

बहालवाला प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउने एमाओवादी प्रस्ताव कस्तो लाग्यो ?

ठिक - 100%
वेठिक - 0%

Total votes: 4
The voting for this poll has ended on: September 27, 2013