Flag of Nepal
२०७३ चैत्र १६, बुधबार

 


बागी उमेद्वारका लागि करोडौँ

सबभन्दा पहिले उमेद्वार चयनको प्रक्रिया थालेको एकीकृत माओवादीले भने सबभन्दा अन्तिममा मात्र उमेद्वार छनौट सक्ने देखिएको छ । स्रोतका अनुसार आफ्नो आधिकारिक उमेद्वारको विरुद्ध वागी उमेद्वार उठाऊन विभिन्न एनजिओले करोडौँ खर्च गर्ने सूचना प्राप्त गरेपछि एमाओवादीका नेताहरु रन्थनिएका छन् । शनिबारसम्म कांग्रेस र एमालेले सबै क्षेत्रका उमद्वार छनौट गरिसकेका छन् । तर विवादरहित बनाउनभन्दै एमाओवादीले अन्तिम नामावली सार्वजानिक गर्न ढिलाई गरिरहेको बुझिएको छ ।

केहि दिनअघि पार्टी मुख्यालय पेरिशडाँडामा अध्यक्ष पुष्पकमल दाहालले यस्तो योजना भइरहेको बताएपछि कार्यकर्तामा यसबारे चर्चा शुरु भएको छ । यसको छनक सुदुरपश्चिमबाट शुरु भइसके को छ । त्यहाँ पार्टीको आधिकारिक उमेद्वार अगस्त अधिकारी, देवेन्द्र शाह, डिएल भण्डारीलगायतका नेताहरुको अगुवाईमा जिल्लाको सबै क्षेत्रमा बागी उमेद्वार उठाउने पहल गरिरहेको बुझिएको छ । गत संविधानसभा निर्वाचनमा देशभर निर्विवाद उमेद्वार छनौट गरे का एमाओवादीमा यसपटक कांग्रेस र एमालेको झैँ बागी उमेद्वार निस्कने वा पार्टीभित्र अन्तरघात हुने सम्भावना देखिएको छ ।

त्यहाँ भर्खरै नेकपा–माओवादीमा रहेका तीन जना केन्द्रीय सदस्य पुरानो पार्टीमा फर्किपछि बलियो देखिएको एमाओवादीमा अहिले वागी उमेद्वारको हल्लाले खैलाबैला मच्याएको छ ।

Web Soft

जनमत

बहालवाला प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउने एमाओवादी प्रस्ताव कस्तो लाग्यो ?

ठिक - 100%
वेठिक - 0%

Total votes: 4
The voting for this poll has ended on: September 27, 2013