Flag of Nepal
२०७४ जेष्ठ १५, सोमबार

 


अन्र्तदेशीय काव्य सम्मेलन धरानमा

धरान । नेपाल र भारतका चर्चित साहित्यकारहरुको शनिबार धरानमा बाक्लो जमघट थियो । कलरव धरानद्धारा आयोजित अन्र्तदेशीय काव्य सम्मेलनमा विपी प्रतिष्ठानको अडिटोरियम हलमा कवितामात्र गुन्जिरह्यो । अरु शान्त थियो ।

कलरवलाई सहयोग गरेका थिए फ्यान क्लव अफ रमेश क्षितिज र विद्यार्थी कल्याण समाज विपी प्रतिष्ठानले । सम्मेलनमा भारतका नेपाली मुलका कविहरु राजा पुनियानी, सुधीर क्षेत्री, मनोज बोगटी, भुपेन्द्र सुब्बा, बासुदेव पुलामी लगायतले जोडदार कविता सुनाए । नेपालका उपेन्द्र सुब्बा, मनु मन्जिल, श्रवण मुकारुङ, भुपिन व्याकुल, रमेश क्षितिज, सरिता तिवारी, श्रीशीशा राई लगायतले रचना प्रस्तुत गरे । २०६९ को मदन पुरस्कार विजेता आख्यानकार कवि राजन मुकारुङको कविताले राम्रै्र तालि पाएको थियो । मदन पुरस्कार पाएकोमा आयोजक संस्थाका तर्फवाट प्रमुख अतिथी तुलसी दिवसले उनलाई सम्मान हस्तान्तरण गरे ।

इन्द्रसुर बेल्टारेद्धारा सम्पादित पुर्वका कविता नामक कृतिको विमोचन गरिएको कार्यक्रममा महेश पौड्यालले आगतमा कविताको बाटो विषयक कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमाथि मुनाराज शेर्मा, सीमा आभास, डा. कुम्भराज जोशी लगायतले टिप्पणी गरेका थिए । झण्डै सय कविहरुको जमघटमा सवै कविहरुको बाचनको पालो पुरा गर्न आयोजकलाई धौ धौ परेको थियो । कविहरुले सिधै कवितामात्र प्रस्तुत गर्दा पनि कार्यक्रम सकिँदा साँझ परिसकेको थियो ।

Web Soft

article thumbnailपृष्ठभूमि प्रत्येक व्यक्ति, समाज वा देशको संमृद्धिको लागि सूचना पहिलो शर्त हो । मानिसहरु जति धेरै सुसूचित...
article thumbnailसबभन्दा पहिले उमेद्वार चयनको प्रक्रिया थालेको एकीकृत माओवादीले भने सबभन्दा अन्तिममा मात्र...
article thumbnailसबै ठूला दलका शीर्ष नेतादेखि साना दलका छोटे नेताहरुसम्म धमाधम संविधानसभाको निर्वाचनका लागि...
article thumbnailधरान । हुन त पूर्व मिस नेपाल माल्भिका सुब्बा शुक्रबार साँझ हुने फेशन शोमा भाग लिन धरान आएकी हुन्...

जनमत

बहालवाला प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउने एमाओवादी प्रस्ताव कस्तो लाग्यो ?

ठिक - 100%
वेठिक - 0%

Total votes: 4
The voting for this poll has ended on: September 27, 2013