Flag of Nepal
२०७३ चैत्र १६, बुधबार

 


किराती पत्रकार सहयोग अक्षयकोष संक्षिप्त जानकारी

पृष्ठभूमि

प्रत्येक व्यक्ति, समाज वा देशको संमृद्धिको लागि सूचना पहिलो शर्त हो । मानिसहरु जति धेरै सुसूचित हुन्छन् उति धेरै आफूलाई सभ्य, शिक्षित र संमृद्ध पार्न सक्छन् । सही र यथार्त परक सूचनाबाट सुसूचित भएको समाजले नै सबभन्दा पभावशाली र ठीक निर्णय लिन सक्छन् । सूचना शिक्षा, सँस्कृति, परम्परा, जीवन शैली, कला, साहित्य वा इतिहासको रुपमा रहेको हुन्छ । पत्रकारहरुले तिनै विषयहरुलाई दस्तावेजीकरण गर्ने सिमित व्यक्ति वा स्थानमा मात्र खुम्चिएर रहेको सूचनालाई विभिन्न सञ्चार माध्यमहरुको माध्यमबाट बृहत्तर क्षेत्रमा फैलाउने काम गर्दै आएका छन । त्यसरी हेर्दा सञ्चार माध्यमहरु एक व्यक्तिबाट अर्को व्यक्तिमा एक, पुस्ताबाट अर्को पुस्तामा ज्ञान हस्तान्तरण गर्ने महत्वपूर्ण साधन पनि हो । यसको अभावमा हामा किराती पूर्वजहरुले आफ्नो जीवनले भोगाईबाट आर्जन गरेका अनेकौँ ज्ञान, सिप र दक्षता अर्को पींडिसम्म पुग्न नपाई लोप भए÷भइरहेका छन ।
यो देशको सबभन्दा पूरानो जाति भए पनि किराती अन्य समुदायको तुलनामा राष्ट्रिय भूमिकाबाट पछि पर्नुमा यही ज्ञानको हस्तान्तरण पक्रिया सहज नहुनु पनि एक हो । बाम्ह्ण समुदायमा एक पुस्ताले सिकेको ज्ञान अर्को पुस्तामा हस्तान्तरण गर्ने पुरेत्याईँ सँस्कृति भए जस्तै हामीबीचमा पनि अघिल्लो पुस्ताले सिकेको ज्ञान अर्को पुस्तामा हस्तान्तरण गर्ने निश्चित पणाली भएको भए वा बाम्ह्ण समुदायले पुस्तौँ लगाएर आफ्नो समुदायलाई निर्देशित गर्ने मनुस्मृति, पुरान, गीतजस्ता गन्थहरु कहिल्यै नमेटिनेगरी संरक्षित गरेझैँ युगौँ अघि हामा पूर्खाहरुले सिकेका, भोगेका, देखेका र सिर्जना गरेका ज्ञानको भण्डार मुददुमलाई अभिलेखिकरण गरिएको भए सम्भवत किरातीहरुको जीवनस्तर पनि निक्कै माथि उठिसकेको हुने थियो ।
इतिहासमा ती पयासहरु के कति भए वा भएनन? यो पाटोको खोज छुटटै विषय बन्न सक्छ । सञ्चारको इतिहास भन्छ की विश्वको सबभन्दा पहिलो छपाई पविधि चीनमा आविश्कार भएको थियो, त्यहिँ इतिहास भन्छ कागजको पहिलो आविश्कारक पनि चीन नै हो भने पत्रिकाको शुरुवात पनि त्यहीँबाट भएको थियो । तर आज सूचना पविधिमा चीनभन्दा अगाडि रहेका देशहरु पनि थुप्रै छन । यसबाट इतिहासले मात्र पनि मानिसलाई अगाडि नबढाऊँदो रहेछ भन्ने स्पष्ट हुन्छ । बरु तत्काल आफूलाई उन्नत बनाउन सम्बन्धित व्यक्ति वा समुदायले लिने पहलकदमीमा त्यो निर्भर हुन्छ । यसर्थ किरातीहरुले यिनै विषयलाई मध्यनजर गर्दै इतिहासका भूलहरुबाट पाठ सिक्दै तत्कालको लागि हामीले संमृद्ध सूचना पवाह पणाली र ज्ञान हस्तान्तरणको विधि निर्माण गर्न जरुरी छ । त्यसका लागि किराती राई पत्रकारहरुको भूमिका अवश्य नै केन्दमा हुन्छ । किरात राई पत्रकार संघ त्यसको पमुख भूमिकामा हुनेछ ।
अक्षयकोषको आवश्यक्ता किन?
विडम्बना नै भन्नुपर्छ कि यति महत्वपूर्ण जिम्मेवारी र भूमिका निर्वाह गर्न सक्ने किराती पत्रकारहरु निक्कै कम छ । किरात राई पत्रकार संघले करिब ४ वर्ष अघि गरेको एक सर्वेक्षण अनुसार देशभरमा करिब ५ सय किराती राईहरु पत्रकारिता क्षेत्रमा क्रियाशिल छन । यी मध्येले हालसम्म कतिले यो पेशा छाडे, कतिले निरन्तरता दिइरहेका छन र कति नयाँ अनुहार थपिए त्यसको तथ्याङ्क आउन बाँकी छ । निरन्तरता दिइरहेकाहरु पनि धेरैले पत्रकारितालाई मात्र पेशा बनाएर बाँच्छ सक्ने स्थिति छैन । बलियो आर्थिक भविश्यको अनिश्चितता, ‘दुई चार वर्ष दुःख गरेर भए पनि देशमै केहि गर्छु भन्नुभन्दा लाहुर वा अरब जान पाएपछि सुन्दर भविश्य बनाउन सकिन्छ’ भन्ने समाजिक मनोविज्ञानको कारण ठूलो सम्भावना देखिएका पतिभाहरु पनि दिनहुँ पलायन भइरहेका छन । दशौँ वर्ष पत्रकारिता गर्ने अनि दुई÷तीन लाख खर्च गर्नुपर्ने रोग लागेमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने स्थितिमा आफ्नो पेशालाई निरन्तरता दिन कसैले पनि निक्कै कठिन छ ।
यस्तो परिस्थितिमा पनि निरन्तर आफ्नो देश, समुदाय र सिंगो मानव समाजको लागि ज्ञान आदान पदान गरिदिने पेशामा लागेका किराती राई पत्रकारहरुलाई सानो भए पनि सहारा वा आशाको केन्द बनाउने उदेश्यका साथ यो अक्षय कोष स्थापना गर्ने योजना बनाईएको हो । किरात राई पत्रकार संघ कम्तिमा ५,००,०००।— (पाँच लाख रुपैयाँ)को ‘किराती पत्रकार सहयोग अक्षयकोष’ स्थापना गर्ने अपेक्षाका साथ अभियान थालिएको छ । कोष ञ्चालनका लागि छुटटै निर्देशिका बनाईने छ । यो अभियानमा सहयोग गरिदिन हुन सम्पूर्ण किराती तथा गैर किराती महानुभावहरुलाई हामी हार्दिक अनुरोध गर्दछौँ ।

Web Soft

जनमत

बहालवाला प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउने एमाओवादी प्रस्ताव कस्तो लाग्यो ?

ठिक - 100%
वेठिक - 0%

Total votes: 4
The voting for this poll has ended on: September 27, 2013