Flag of Nepal
२०७४ जेष्ठ १५, सोमबार

 


क्राजा स्थापना दिवस ः संविधान सभा चुनावको औचित्य छ

श्रीशीशा राई
धरान, असोज १३ गते । मंसिर ४ गते संविधान सभा चुनाव औचित्यपुर्ण भएको धरानमा आइतबार आयोजित अन्र्तक्रिया कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
किरात राई पत्रकार संघ सुनसरीद्धारा सातौँ स्थापना दिवसको अवसरमा आयोजित दोस्रो संविधान सभा निर्वाचनको औचित्य विषयक अन्र्तक्रिया कार्यक्रममा वक्ताहरुले संविधान सभा निर्वाचनको औचित्य थप टड्कारो बन्दै गएको बताए । अहिले नै निर्वाचन औचित्यहिन जस्तो देखिएपनि निर्वाचनलाई हाम्रो पक्षमा पार्ने सवालमा हामी सवै सचेत हुनुपर्ने उनीहरुको भनाई थियो ।
एकीकृत नेकपा माओवादी धरान नगर इन्चार्ज चोत्लुङले निर्वाचनवाट बन्ने संविधान सभा कस्तो बन्ने भन्ने विषय महत्वपुर्ण भएको बताउँदै निर्वाचनकै औचित्यमाथि प्रश्न गर्ने समय सकिइसकेको बताउनुभयो । निर्वाचनमा आफ्नो एजेण्डाहरुलाई स्थापित गर्ने विषय प्रमुख भएको बताउँदै उहाँले जुनसुकै समयमा भएपनि निर्वाचन औचित्यहिन हुन नसक्ने उहाँको भनाई थियो ।
बरिष्ठ पत्रकार भवानी बरालले निर्वाचन गराउने हालको प्रक्रिया विधिसम्मत नभएको बताउँदै यस प्रक्रियावाट चुनाव भएपनि जनताको संविधान निर्माण गर्ने संविधान सभा बन्न नसक्ने बताउनुभयो । नेपाली परिवेशको संविधान निर्माणका लागि चुनावको प्रक्रियालाई सच्याउनुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नेकपा माओवादीका कोचिला राज्य सचिवालय सदस्य रामप्रसाद किराती, संघीय समाजवादी सुनसरी उपाध्यक्ष पारस काङमाङ राई, नेकपा एकिकृतका पारस सुब्बा लगायतले बोल्नुभएको थियो ।

Web Soft

article thumbnailपृष्ठभूमि प्रत्येक व्यक्ति, समाज वा देशको संमृद्धिको लागि सूचना पहिलो शर्त हो । मानिसहरु जति धेरै सुसूचित...
article thumbnailसबभन्दा पहिले उमेद्वार चयनको प्रक्रिया थालेको एकीकृत माओवादीले भने सबभन्दा अन्तिममा मात्र...
article thumbnailसबै ठूला दलका शीर्ष नेतादेखि साना दलका छोटे नेताहरुसम्म धमाधम संविधानसभाको निर्वाचनका लागि...
article thumbnailधरान । हुन त पूर्व मिस नेपाल माल्भिका सुब्बा शुक्रबार साँझ हुने फेशन शोमा भाग लिन धरान आएकी हुन्...

जनमत

बहालवाला प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउने एमाओवादी प्रस्ताव कस्तो लाग्यो ?

ठिक - 100%
वेठिक - 0%

Total votes: 4
The voting for this poll has ended on: September 27, 2013