Flag of Nepal
२०७४ जेष्ठ १५, सोमबार

 


क्राजा स्थापना दिवस ः सुनसरीमा प्रभातफेरी

श्रीशीशा राई
धरान, असोज १४ गते । किरात राई पत्रकार संघको सातौँ स्थापना दिवसका अवसरमा सुनसरीको धरानमा प्रभातफेरी आयोजना गरिएको छ ।
संघको सुनसरी जिल्ला कार्यसमितिद्धारा आयोजित प्रभातफेरीमा जिल्लाका किरात राई पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागीता थियो । संघ २०६४ सालमा आजकै दिन विधिवत रुपमा स्थापना भएको हो । हाल संघका नेपालभर १३ जिल्ला कार्यसमिति क्रियाशिल छन् । सुनसरीको धरानमा किरात राज्य समन्वय कार्यलय र उपत्यकाका तीन जिल्ला समेट्ने गरी उपत्यका समन्वय समिति समेत क्रियाशिल छन् ।
चतरालाईनस्थित धरान नगरपालिका कार्यालय अगाडीवाट शुरु भएको र्याली छाताचौक हुँदै भानुचौकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई संघका केन्द्रिय उपाध्यक्ष श्रीशीशा राईले संवोधन गर्नुभएको थियो । संवोधनका क्रममा उपाध्यक्ष राईले किरात राई समुदायको पहिचान स्थापित गर्ने सवालमा संघले पत्रकारिताका माध्यमवाट उत्कृष्ट भूमिका खेलिरहेको बताउनुभयो । संविधान सभाको निर्वाचन नभएसम्म पहिचानको मुद्धा स्थापित नहुने उहाँको भनाई थियो ।
स्थापना दिवसका अवसरमा अधिकाँश जिल्ला कार्यसमितिले आफ्नो जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरेको सम्बन्धित जिल्ला कार्यसमितिहरुले जानकारी दिएका छन् ।

Web Soft

article thumbnailपृष्ठभूमि प्रत्येक व्यक्ति, समाज वा देशको संमृद्धिको लागि सूचना पहिलो शर्त हो । मानिसहरु जति धेरै सुसूचित...
article thumbnailसबभन्दा पहिले उमेद्वार चयनको प्रक्रिया थालेको एकीकृत माओवादीले भने सबभन्दा अन्तिममा मात्र...
article thumbnailसबै ठूला दलका शीर्ष नेतादेखि साना दलका छोटे नेताहरुसम्म धमाधम संविधानसभाको निर्वाचनका लागि...
article thumbnailधरान । हुन त पूर्व मिस नेपाल माल्भिका सुब्बा शुक्रबार साँझ हुने फेशन शोमा भाग लिन धरान आएकी हुन्...

जनमत

बहालवाला प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउने एमाओवादी प्रस्ताव कस्तो लाग्यो ?

ठिक - 100%
वेठिक - 0%

Total votes: 4
The voting for this poll has ended on: September 27, 2013