Flag of Nepal
२०७३ चैत्र १६, बुधबार

 


क्राजा ७ औँ स्थापना दिवस भोजपुर ः अग्रज पत्रकार सम्मानित

अवतार राई , अशोज १४
भोजपुर — किरात राई पत्रकार संघको ७ औँ स्थापना दिवशको अवसरमा किरात राई पत्रकार संघ भोजपुरले कान्तिपुर दैनिकमा कार्यरत शाहिमान राई लाई सम्मान गरेको छ । सोमवार दिवशको अवसरमा पत्रकारितामा निरन्तर कार्यरत राईलाई सम्मान गरिएको हो ।
२०५० साल वाट पत्रकारिता शुरुवात गरेका राई ०५९ सालवाट निरन्तर कान्तिपुर दैनिकमा कार्यरत हुनुहुन्छ । भोजपुरको अग्रज पत्रकार तथा समग्र किरात राई पत्रकारहरुको अग्रज पत्रकारको रुपमा रहनुभएकोले सम्मान गरिएको संघका भोजपुर जिल्ला अध्यक्ष किरण राईले वताउनुभयो । कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहनुभएका नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद भोजपुरका अध्यक्ष चक्रप्रसाद राईले सम्माण पत्र सहित फेटा गुथेर सम्मान गरिएको हो ।
सम्मानित राईले पत्रकारितामा निरन्तर कार्यरत रहेको छोटो अवधि जस्तै लागे पनि धेरै समय गुजारिसकेको र अझ यो सम्मान ले जिम्मेवारी वोध गरेको वताउनुभयो । राई नेपाल पत्रकार महासंघ भोजपुरका सभापति तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) का पुर्वाञ्चल संयोजक समेत हुनुहुन्छ ।
प्रत्यक वर्षको अशोज १४ लार्ई किरात राई पत्रकार संघले आफ्नो स्थापना दिवशको रुपमा मनाउदै आईरहेको छ ।

Web Soft

article thumbnailपृष्ठभूमि प्रत्येक व्यक्ति, समाज वा देशको संमृद्धिको लागि सूचना पहिलो शर्त हो । मानिसहरु जति धेरै सुसूचित...
article thumbnailसबभन्दा पहिले उमेद्वार चयनको प्रक्रिया थालेको एकीकृत माओवादीले भने सबभन्दा अन्तिममा मात्र...
article thumbnailसबै ठूला दलका शीर्ष नेतादेखि साना दलका छोटे नेताहरुसम्म धमाधम संविधानसभाको निर्वाचनका लागि...
article thumbnailधरान । हुन त पूर्व मिस नेपाल माल्भिका सुब्बा शुक्रबार साँझ हुने फेशन शोमा भाग लिन धरान आएकी हुन्...

जनमत

बहालवाला प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउने एमाओवादी प्रस्ताव कस्तो लाग्यो ?

ठिक - 100%
वेठिक - 0%

Total votes: 4
The voting for this poll has ended on: September 27, 2013